राजनीति


३५ वटा प्रश्नको जवाफपछि रोकियो चोलेन्द्रको बयान, अब २८ गते थप जवाफ मागिने

३५ वटा प्रश्नको जवाफपछि रोकियो चोलेन्द्रको बयान, अब २८ गते थप जवाफ मागिने

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १६:५२, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लागेको आरोपबारे आइतवारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका छन्। 

जबराले ३५ वटा प्रश्नको जवाफ दिएसँगै आइतवार मध्यान्ह पौने १ बजेदेखि सुरु भएकव उनको बयान अपरान्ह साढे ४ बजे सकिएको हो।

महाअभियोग सिफारिस समितिका सदस्य एवम् नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले जबराबाट ३५ प्रश्नको जवाफ आएको बताउँदै बाँकी बयान अब भदौ २८ गते लिइने जानकारी दिए। 

उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन्। उनले तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका थिए। चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन्। 

चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए।

समितिले अब २८ गते ४३ मध्ये बाँकी ८ वटा प्रश्नको जवाफ चोलेन्द्रसँग लिनेछ। 

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।

संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। 

संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad