नेपाल–भारत सीमा विवादसम्बन्धी बैठक कहिले हुन्छ भन्न नसकिने भारतीय विदेशमन्त्रालयले जनाएको छ।
नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने, ‘यो मञ्चबाट म यो विषयमा केही बताउन सक्दिनँ।’
‘यो विषयमा जे हुने हो, त्यो कुटनीतिक च्यानलबाटै हुनेछ,’ उनले थपे।
पत्रकार सम्मेलनमा नेपालले एक महिनाअघि नै सचिवस्तरीय वार्ताका लागि गरेको प्रस्तावबारे धारणा मागिएपछि प्रवक्ता कुमारले यस्तो बताएका हुन्। सीमा विवाद समाधानका लागि नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको छ।
भारतले कात्तिक १६ मा जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो क्षेत्रमा देखाएपछि यो पुरानो विवाद पुनः बल्झिएको थियो।
त्यसलगत्तै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय केशव गोखलेसँग संयन्त्रको बैठक राख्ने विषयमा प्रस्ताव गरेका थिए। एक महिना नाघिसक्दा पनि यो विषय अघि बढ्न सकेको छैन।
प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेषदूत बनाएर दिल्ली पठाउने चर्चा चलेपनि कुटनीतिक पहल नगरिदिँदा यो प्रक्रिया पनि बिथोलिएको छ।
परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताको प्रयास भइरहेको जनाएको छ।
यो पनि:

प्रतिक्रिया