नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई लाई समर्थन गर्ने भएको छ।
कांग्रेसले मनाङ १ (ख) मा प्रदेशसभा सदस्यमा मन्त्री गुरुङलाई समर्थन गर्ने भएको हो।
उनलाई सघाउन कांग्रेसले मनाङमा १ (ख) मा पार्टीका तर्फबाट कसैलाई पनि उम्मेदवारका लागि प्रदेश कार्यसमितिमा सिफारिस गरेको छैन।
कांग्रेस मनाङका सभापति शंकर गुरुङले स्वतन्त्र उम्मेदवारको गुरुङलाई समर्थन गर्न पार्टीका तर्फबाट उम्मेदवार सिफारिस नगरिएको जानकारी दिए।
कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलका पूर्व जिल्लअध्यक्षसमेत रहेका गुरुङ केही वर्ष अघि पार्टी परित्याग गरी स्वतन्त्र बनेका थिए।
२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई नेकपा एमालेले साथ दिएको थियो।
कांग्रेस मनाङले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ मनाङ–१ ९क० बाट चिन्ता घले, छिरिङ घ्याल्पो लामा, घान्दो लामा र मुलेन्द्रजंग गुरुङको नाम सिफरिस गरेको जिल्ला सभापति गुरुङले जानकारी दिए।
मनाङबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङको नाम सर्वसम्मत सिफारिस भएको छ।
समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा) सिफारिस भएका छन्।
Shares

प्रतिक्रिया