केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकाभरि नै वर्षा भएको छैन। विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको विमानस्थल क्षेत्रमा वर्षा भइरहेको हो।
‘अहिलेसम्म यो मध्यम वर्षा हो’, नेपालखबरको जिज्ञासामा उनले भनिन्, ‘तर पानी पार्ने प्रणाली विकास हुँदै गएको छ। होसियारी अपनाउन जरुरी छ।’
उनका अनुसार काठमाडौं उपत्यकामा केही समय वर्षा जारी रहने देखिएको छ। यसर्थ बाढी पस्ने तथा डुबान हुने क्षेत्रमा होसियारी अपनाउन जरुरी छ।
630
Shares
प्रतिक्रिया