ad ad

राजनीति


भारतीय र चिनियाँ सैनिक लद्दाखस्थित विवादित सीमाबाट पछि हटे

भारतीय र चिनियाँ सैनिक लद्दाखस्थित विवादित सीमाबाट पछि हटे

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २०:२०, काठमाडौँ

भारतीय र चिनियाँ सैनिक विवादित सीमा क्षेत्र पूर्वी लद्दाखको गोग्रा हटस्प्रिङ् क्षेत्रबाट पछि हटेका छन्।

भारत र चीनका सैनिक कमाण्डरबीच भएको १६ औं चरणको वार्तामा भएको सहमतिअनुसार दुवै देशका सैनिक पछि हटेका हुन्। 

वार्तापछि दुवै पक्षले जारी गरेको संयुक्त वक्तव्यमा भारतीय र चिनियाँ सैनिक गोग्रा हटस्प्रिङ् क्षेत्रबाट समन्वयात्मक र योजनाबद्ध हिसाबले पछि हट्न थालेको र त्यसले सीमा क्षेत्रमा शान्ति कायम गर्न माहौल निर्माण गर्ने उल्लेख छ। 

भारत र चीनका सैनिक कमाण्डरबीच भारतीय सीमाक्षेत्रस्थित चुसुल मोल्दो सीमा विन्दुमा १६ औं चरणको वार्ता सम्पन्न भएको हो। 

सन् २०२० मे महिनायता उक्त क्षेत्रमा भारत र चीनका सैनिक आमनेसामने थिए। भारत र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ।

पछिल्लोपटक सन् २०२० मा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए भने चीनतर्फ पनि केही सैनिकको हताहती भएको थियो।

उक्त भिडन्तपछि चिसिन पुगेका एशियाका यी दुई छिमेकीबीचको सम्बन्धमा सुधार आएको छैन।

भारत अमेरिकासँग रणनीतिक रुपमा क्रमिकरुमा नजिकिरहेको छ भने चीनले रुस लगायत मुलुकसँगको सम्बन्ध अझ बढाउँदै लगेको छ।

सीमामा समस्या भएपनि भारत र चीनबीचको द्विपक्षीय व्यापार चाहिँ वर्षेनी बढ्दो क्रममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .