नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको घोषणा पत्र तयारी समितिको संयोजक मनोनित भएका छन्। सभापति शेरबहादुर देउवाले उनलाई बुधबार समितिको संयोजक मनोनित गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी विधानबमोजिम महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको छ।’
सभापति देउवाले यसअघि वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्न अर्का महामन्त्री गगन थापालाई संयोजक तोकेका थिए।
69
Shares
प्रतिक्रिया