ad ad

राजनीति


भारतीय स्थल सेनाध्यक्ष पाँडेले गरे गोर्खा सैनिकको प्रशंसा

दुवै पक्षले निकालेनन् अग्निपथको कुरा
भारतीय स्थल सेनाध्यक्ष पाँडेले गरे गोर्खा सैनिकको प्रशंसा

नेपालखबर
भदौ २२, २०७९ बुधबार ७:१५, काठमाडौँ

भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेले भारतीय सेनामा नेपाली गोर्खा सैनिकको योगदानको प्रशंसा गरेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार गरेको भेटमा पाँडेले नेपाली नागरिकले भारतीय सेनामा गरिरहेको योगदानका लागि धन्यवाद दिँदै उनीहरूको योगदान गर्व गर्नलायक रहेको बताएका हुन्। 

तर भेटमा अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा नेपालका गोर्खा सैनिकको भर्तीबारे दुवै पक्षले कुरा नउठाएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुणकुमार सुवेदीले बताए। 

‘भारतीय जनरलले पनि अग्निपथअन्तर्गतको गोर्खा भर्तीबारे केही कुरा राख्नुभएन, प्रधानमन्त्रीले पनि केही कुरा राख्नुभएन’, सुवेदीले भने। 
नेपालको आग्रहपछि भारतले तत्कालका लागि अग्निपथअन्तर्गतको गोर्खा भर्ती रोकेको छ। 

प्रधानमन्त्री र पाँडेबीचको भेटमा नेपाल र भारतका सेनाबीचको विशिष्ट सम्बन्धको दुवै तर्फबाट प्रशंसा भएको सुवेदीले बताए। 

‘प्रधानमन्त्रीले नेपाली सेनाको मानार्थ प्रधानसेनापति भएकोमा जनरल पाँडेलाई बधाई दिनुभयो। त्यसैगरी नेपाली सेनालाई आपत् विपतमा भारतीय सेनाले दिएको सहयोगका लागि धन्यवाद दिनुभयो’, उनले भने।

पाँडेलाई सोमबार राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गरेकी थिइन्। पाँडे बिहीबार स्वदेश फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .