ad ad

राजनीति


कैलालीमा प्रचण्डलाई पत्रकारको प्रश्न : निर्वाचनपछि तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि?

कैलालीमा प्रचण्डलाई पत्रकारको प्रश्न : निर्वाचनपछि तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि?

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार ११:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन अगावै भावी प्रधानमन्त्रीका बारेमा चर्चा गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन्। 

कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन अगावै भावी प्रधानमन्त्रीका बारेमा चर्चा गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन्। 

‘यो कुरा निर्वाचनपछिको कुरा हो,’ निर्वाचनपछि तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि भन्ने प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले निर्वाचनअगाडि योबारे बढी चर्चा गर्न आवश्यक छैन।’

अहिले सबै मिलेर मंसिर ४ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु पर्नेमा उनको जोड थियो।

‘अहिले सबै मिलेर यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कुरा हो,’ प्रचण्डले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .