कारोबार


८८ प्रतिशतले घटे चीनबाट नेपाल आउने पर्यटक

८८ प्रतिशतले घटे चीनबाट नेपाल आउने पर्यटक

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:४१, काठमाडौँ

छिमेकी मुलुक चीनबाट पर्यटक आवागमन ८८‍.७ प्रतिशतले घटेको छ। कोभिड महामारीसँगै घटेका चिनियाँ पर्यटक अझै बढ्न नसकेका हुन्। 

चीन नेपाल सिधा हवाइ उडान, चीनमा लकडाउन र क्वारेन्टिन व्यवस्थाले पर्यटक भित्रिन सकेका छैनन्। २०१९ को अगस्टमा ११ हजार ३९० पर्यटक भित्रिएकोमा अहिले १ हजार २८९ मात्रै रहेका छन्। 

अगस्टमा ४१ हजार पर्यटक भित्रिएका छन्। २०१९ को तुलनामा ४४ प्रतिशत कमले पर्यटक भित्रिएका हुन्। नेपालको पर्यटक आवागमन नबढ्नुमा चीन सहित एसियाका जापान, मलेसिया, दक्षिण कोरियाबाट ७८ प्रतिशतले घटेका छन्। 

युरोपबाट ४०.४ प्रतिशत, ओसेनिकाबाट ११.६ प्रतिशत, अमेरिकाबाट १४.६ प्रतिशत, मिडल इस्टबाट २६.९ प्रतिशत र बाँकी देशबाट २७ प्रतिशत रहेको छ। 

पर्यटन बोर्डका अनुसार हवाइ मार्गबाट सार्क देशबाट ४५.६ प्रतिशत रहँदा युरोपबाट १९ प्रतिशत भित्रिएका छन्। 

२०२२ मा बंगलादेशबाट १७ सय ५१ मात्रै भित्रिएका छन्। २०१९ मा २ हजार २९९ पर्यटक आएका थियौं। भारतबाट १६ हजार १४७ पर्यटक भित्रिए। २०१९ को तुलनामा बंगलादेश २३.८ प्रतिशत र भारतबाट ३५.८ प्रतिशतले पर्यटक घटी आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .