प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ (टीआरसी० विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।
उक्त विधेयकलाई छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल मिडिया काउन्सिल विधेयक–२०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
69
Shares

प्रतिक्रिया