ad ad

राजनीति


एमालेले आज कञ्चनपुरमा जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने

एमालेले आज कञ्चनपुरमा जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ८:२६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर जाँदैछन्। सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली त्यसतर्फ जान लागेका हुन्। 

महेन्द्रनगरको स्मारक चोकमा कार्यक्रम आयोजना गरिएको छ। निर्वाचनको सरगर्मी बढेसँगै शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ। 

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टका अनुसार आजको कार्यक्रमको सम्पूर्(ा तयारी पूरा भएको छ। ओलीले दिउँसो साढे १२ बजे जनसभालाई सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ। 

पार्टी प्रवेश कार्यक्रम पनि राखिएको उनले जानकारी दिए। 

एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम शाही, नेताहरु तारालामा तामाङ, अशोक चन्द, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। उनीहरुलाई ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको एमाले कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .