राजनीति


ओलीको आरोप : देउवा सरकारले चुच्चे नक्सा अंकित सिक्का छाप्न दिएन

ओलीको आरोप : देउवा सरकारले चुच्चे नक्सा अंकित सिक्का छाप्न दिएन

एमाले अध्यक्ष ओलीले रवीन्द्र मिश्रलाई उपहार दिएका सिक्काहरु


नेपालखबर
भदौ १३, २०७९ सोमबार १०:२१, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा आइतबार राति अढाइ घण्टा भएको भेटवार्तापछि विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई चुच्चे नक्सा अंकित दुई रुपैयाँ र एक रुपैयाँका सिक्काहरु उपहार दिएर पठाए ।

ओलीले उपहारस्वरुप दिएका सिक्काको तस्वीर रवीन्द्र मिश्रले फेसबुकबाट सार्वजनिक गरेका छन् । आखिर ओलीले किन दिए यी सिक्का ?

आफूलाई भेट्न आउने नेतालाई केही चिज उपहार दिएर पठाउने प्रचण्ड ओलीले शुरु गरेका छन् । यसअघि काठमाडौंका मेयर बालेन्द्र शाहसँगको भेटमा ओलीले तबला उपहार दिएर पठाएका थिए ।  मिश्रलाई चाहिँ उनले चुच्चे नक्सा अंकित नयाँ सिक्काहरु दिएर पठाएका हुन् ।

बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले आफूसँग भेट्न आउनेहरुलाई आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सासहितका यी सिक्काहरु छाप्न लगाएको बताउने गरेका छन् । ओलीले मिश्रलाई पनि यही कुरा सुनाएका थिए ।

केपी ओली र रवीन्द्र मिश्रबीच भेट, काठमाडौं क्षेत्र नम्बर १ को चुनावबारे छलफल

त्यसो त पूर्वप्रधानमन्त्री ओलीले चुुच्चे नक्सा अंकित सिक्का अहिले राष्ट्र बैंकले छाप्न छाडेको पनि बताउने गरेका छन् । देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई दबाव दिएर चुच्चे नक्सा अंकित नक्सा छाप्न रोक लगाएको ओलीको आरोप छ ।

सम्भवतः आफ्नो पालामा राष्ट्र बैंकले जारी गरेका चुच्चे नक्सा अंकित सिक्काहरुको प्रचार गर्ने र अहिलेको सरकारले यसमाथि रोक लगाएको विषयलाई प्रचारमा ल्याउने उद्देश्यले ओलीले मिश्रलाई यी सिक्काहरु दिएर पठाएका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .