नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर लगत्तै विशेष महाधिवेशन गरेर भएपनि नयाँ पार्टी बनाउने बताएका छन्।
मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा चुनाव मिति तय भएको छ।
आइतबार (१२ भदौ) बागमती प्रदेशका पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयूक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यही पार्टी राख्ने कि नयाँ बनाउने विषयमा बहस भइरहेको जानकारी दिए।
चुनाव लगत्तै विशेष महाधिवेशन गर्ने यही प्रकारको पार्टी राख्ने? कि नराख्ने बहस गरेर नयाँ ढंगको पार्टी बनाउनेमा छौँ,’ प्रचण्डले बैठकमा राखेको भनाई उधृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘एकीकृत समाजवादी र हामीबीच छिट्टै नै पार्टी एकता संयोजन समिति बनाउँदैछौँ।’
‘यसले नेपालको कम्युनिष्ट र समाजवादी आन्दोलन नयाँ दिशामा जानेछ।’
माओवादीको ११–१८ पुस २०७८ मा महाधिवेशन भएको थियो। प्रचण्ड अध्यक्ष चुनिएको झण्डै ८ महिनापछि पदाधिकारी (४ भदौ २०७९) चयन गरेको थियो।
Shares

प्रतिक्रिया