राजनीति


प्रचण्डले दिए ओलीलाई धन्यवाद!

प्रचण्डले दिए ओलीलाई धन्यवाद!

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १६:२, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन्।

‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद! किनकी उनले दुई चोटी संसद विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’

अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको  ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको बताए।

‘बागमती प्रदेशमै देशकै पहिलो वामपन्थी पार्टीका रुपमा स्थापित गर्न सक्थ्यौँ। तर, गत चुनावमा जितेको ५० पालिका यस पटक जित्न सकेनौँ,’ प्रचण्डले भने।

उनले माओवादीभित्रको कुण्ठा र अन्तरविरोध हल गर्न सके पहिलो कम्युनिष्ट पार्टी हुने ठोकुवा गरे।

‘हामी भित्रको अन्तरविरोध र कुण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिष्ट पार्टी बनाउन सक्छौँ,’ नेताहरुसँग प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad