ad ad

राजनीति


देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

सुदीप भण्डारी
भदौ ११, २०७९ शनिबार ११:५१, बुटवल

प्रधानमन्त्री सेरबहादुर देउवा बुटवल अन्तरास्ट्रिय सम्मेलन केन्द्को उद्घाटन गरेका छन् ।

केही बेरअघि नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा झरेका उनले केन्द्रको उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्रीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल , गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री चैधरी, पूर्वमन्त्री रामकुमारी झाँक्री सहभागी छन्। 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न प्रधानमन्त्री आज बुटवल आउँदै

रामनगरस्थित बुटवल मण्डपको कुल १६ बिघा जग्गा मध्ये ९ बिघा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइएको छ। सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ। जसमा तल ६ सय र बालकोनी ४ सय सिट क्षमता छ। 

त्यसबाहेक मिटिङ हल, गोष्ठी, सेमिनारको लागि अन्य १२ वटा विभिन्न प्रकारका हल रहेका छन्। मुख्य हल सहित सबै हलको कूल क्षमता २७ सय सिट क्षमताको छ। 

दुई चरणमा गरेर १ अर्ब ११ करोडको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिएका छन्। सम्मेलन केन्द्रका लागि ५ वटा प्रवेशद्वार रहेका छन्।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, शनिवार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

सम्मेलन केन्द्रको प्राङ्गणमा ४ सय वटा चारचक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने आयोजना प्रमुख पन्थीले बताए। त्यसै गरि एउटा हेलिप्याड पनि रहेको छ। सम्मेलन केन्द्र परिसरमा ४ वटा सन्ध्याकालीन पोखरी छन्। त्यस मध्ये दुई वटा फाउन्टेन छन्। 

सभाहल निर्माणको लागि दुई चरणमा काम सक्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको हो। तर रुख कटान, नाकाबन्दी लगायतका कारण ढिला गरी काम सकिएको पन्थीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .