ad ad

राजनीति


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न प्रधानमन्त्री आज बुटवल आउँदै

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न प्रधानमन्त्री आज बुटवल आउँदै

नेपालखबर
भदौ ११, २०७९ शनिबार ८:२१, बुटवल

प्रधानमन्त्री शेरबहादुर देउवाले आज रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्दै छन्। 

त्यसका लागि प्रधानमन्त्री  देउवा आज यहाँ आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो। 

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

बुटवलदेखि पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ।  यो सभाहल एक हजार सिट क्षमताको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .