ad ad

राजनीति


ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो नौवटा समूह

ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो नौवटा समूह

एमालेको शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठक। तस्बिर : सरोज बैजु्/नेपालखबर


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १८:१४, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिन नेकपा एमालेले नौवटा समूह बनाएको छ। 

शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिनका लागि ती समूह बनाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्। 

रिजालका अनुसार सातवटा प्रदेश, जनसंगठन र प्रवाससहितबाट फरक फरक समूह बनाइएको हो। 

ओलीको प्रतिवेदनमाथि नौवटा समूहले दिएको सुझावलाई समेट्दै शनिबार बैठक सकिने रिजालले बताएका छन्। रिजालका अनुसार यी समूहका टोली नेतामा सम्बन्धित प्रदेशका अध्यक्षलाई तोकिएको छ। 

बैठकपछि बोल्दै उपप्रमुख रिजालले अध्यक्षको ओलीको प्रतिवेदनमा अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषण, सत्ता गठबन्धनको कार्यशैली र मंसिरमा ४ मा हुने निर्वाचनका लागि पार्टीको सम्भावित नीतिबारे पनि चर्चा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .