ad ad

राजनीति


चुनावी रणनीति बनाउन एमाले पोलिटब्युरो बैठक (तस्बिरहरु)

चुनावी रणनीति बनाउन एमाले पोलिटब्युरो बैठक (तस्बिरहरु)

एमाले पोलिटब्युरो बैठकका सहभागी। तस्बिर : राजन काफ्ले


नेपालखबर
भदौ ९, २०७९ बिहिबार १२:५८, काठमाडौँ

नेकपा एमालेको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। 

यो बैठकबाट आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गरिँदैछ।

यो बैठकमा भोलि (१० भदौ) बाट सुरु हुन केन्द्रीय कमिटी बैठकका एजेन्डालाई पनि अन्तिम रुप दिइनेछ।

बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिँदैछन्। 

भोलि र पर्सि  दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ। यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बस्नेछ।

यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी र रणनीतिबारे छलफल गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .