ad ad

राजनीति


नवप्रवेशीहरुलाई तत्कालै जिम्मेवारी दिन एमालेको निर्देशन

नवप्रवेशीहरुलाई तत्कालै जिम्मेवारी दिन एमालेको निर्देशन

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०७९ मंगलबार १७:३, काठमाडौँ

नेकपा एमालेले पछिल्लो समय पार्टी प्रवेशको लहर चलेको निष्कर्ष निकालेको छ।

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय पार्टी प्रवेशको लहर चलेकाले यसलाई अझै अभियानका रुपमा अघि बढाउने पनि निचोड निकालेको छ।

बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालयको ११ औँ बैठकले गरेका निर्णय अनुमोदन गरिएको पनि बताएका छन्। 

यो बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलबारे आगामी भदौ ११ गते बस्ने केन्द्रीय कमिटी बैठकमा जानकारी गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी एमालेले भदौ १२ गते दिनको ११ बजे निर्वाचन परिचालन कमिटी बैठक पनि राख्ने भएको छ। 
एमालेलेको बैठकले वार्षिक बजेट पनि पारित गरेको छ। 

'पछिल्लो समय विभिन्न दल छाडी प्रवेश गर्नेको लहर चलेको छ। पार्टी प्रवेश गरेकाको विवरण दुरुस्त गर्ने निर्णय बैठकले गरेको छ', गुरुङले भने, 'बैठले नवप्रवेशीहरुलाई जिम्मेवारी दिन निर्देशन दिएको छ। मिल्नेजतिलाई जिल्ला कमिटीले जिम्मा दिने काम गर्ने यदि समस्या भएमा प्रदेश र केन्द्रलाई जानकारी दिन भनिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .