ad ad

राजनीति


बाबुराम नेतृत्वको समाजवादीका केन्द्रीय उपाध्यक्ष चौधरी एमालेमा प्रवेश

बाबुराम नेतृत्वको समाजवादीका केन्द्रीय उपाध्यक्ष चौधरी एमालेमा प्रवेश

नेपालखबर
भदौ ६, २०७९ सोमबार १५:१७, काठमाडौँ

डा. बाबुराम भट्टराई केही साताअघि खोलेको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। 

जनता समाजवादी पार्टी विभाजित भएपछि बाबुरामको समाजवादीतिर लागेका पूर्वमन्त्री चौधरी सोमबार एमालेमा प्रवेश गरेका हुन्। 

उनलाई जसपाबाट छाडेपछि बनाइएको नेपाल समाजवादीको संस्थापक उपाध्यक्ष बनाइएको थियो। 

उनी २०५६ सालमा एमालेबाटै कपिलवस्तु २ देखि प्रतिनिधिसभामा विजयी भएका थिए। 

तर उनी २०६३ पछिको मधेस आन्दोलनका क्रममा महन्थ ठाकुर नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए। तर उनी लामो समयपछि एमालेमै फर्किए। 

चौधरीसहितलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .