जापानमा यसै महिनाको २८ र २९ तारिखमा जी२० सम्मेलन हुँदैछ। जापानको ओसाकामा यस सम्मेलन हुन लागेको हो।
सम्मेलन अगाडि चीनले हङकङ सुपुर्दगी विधेयकको विषय उक्त वैठकमा उठाउन नपाइने स्पष्ट पारेको एससीएमपीले जनाएकाे छ।
केही समययता हङकङमा सुपुर्दगी विधेयकविरुद्ध ठूलो प्रदर्शन भइरहेको छ। प्रदर्शनमा लाखौंले समर्थन गरेपछि हाललाई हङकङकी कार्यकारी प्रमुख क्यारी लामले उक्त विधेयकमाथिको छलफल अनिश्चितकालको लागि स्थगित गरेकी छिन्।

विधेयकविरुद्ध प्रदर्शन
विधेयक पारित भए हङकङबाट चीनमा मानिसलाई सुपुर्दगी गरेर लान सकिनेछ। यस्तो अवस्थामा चीन हङकङमा हाबी हुने टिप्पणी गर्दै हङकङका मानिसहरु वधेयकविरुद्ध उत्रिएका छन्।
अमेरिकाले पनि यस विधेयकको विरोध गरेको छ। सोमबार चीनको विदेश मन्त्रालयले भनेको छ,‘जी२० सम्मेलनमा हङकङको विषय उठ्नेछैन। हामी हङकङको विषयमा सम्मेलनमा कुरा गर्नेछैनौं।

ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा जिज्ञासा राख्नसक्ने अनुमान गरिएको छ। यस्तोमा विदेशमन्त्रालयले भनेको छ,‘हामी कुनै पनि देशलाई चीनको आन्तरिक मामलाको बारेमा हस्तक्षेप गर्न दिनेछैनौं।’
जी२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच वार्ता हुने बताइएको छ। दुवैले व्यापार युद्धबारे छलफल गर्नेछन्।

प्रतिक्रिया