NepalKhabar NepalKhabar

राजनीति


सभामुख र चिनियाँ राजदूतको भेटमा उठ्यो उत्तरी नाका बन्दको विषय

सभामुख र चिनियाँ राजदूतको भेटमा उठ्यो उत्तरी नाका बन्दको विषय

सभामुख सापकोटा र चिनियाँ राजदूतबीच शुक्रबार भएको भेटवार्ता। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
साउन २७ , काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शुक्रबार भेटवार्ता भएको छ।

उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्। 

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोबारे छलफल भएको बताइएको छ। 
 

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा पाएको उपलब्धी, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरेका न्यौपानेले बताए। 

सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए। 

उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा राखे। 
 
सापकोटाले २०७८ चैतमा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद–संसदबीच उच्चस्तरीय भ्रमण एवम् अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने बताए।

नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड-१९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहयोगबारे पनि सापकोटाले धन्यवाद दिए। 

उनीहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउनेबारे पनि छलफल भएको छ। तर यसबारेमा सभामुखको सचिवालयले विस्तृत छलफलको विवरण उपलब्ध गराएको छैन। 

न्यौपानेले भेटका क्रममा भुकम्पसहितका विपत्ति र कोभिड महामारीका सुचारु हुन नसकेका उत्तरी नाकाको विषयमा पनि छलफल भएको बताएका छन्।

उनले यसबारेमा विस्तृत जानकारी दिन चाहेनन्। 'नाकाको विषयमा कुरा भएको छ', उनले भने, 'विविध कारणले नाकामा देखिएको समस्याबारे दुई पक्षबीच छलफल भएको हो।'

तिब्बतमा कोभिड फैलिएपछि चीनले बुधबारदेखि नेपालसँग जोडिएका रसुवागढी, तातोपानी र हिल्सा नाका सूचना नदिई बन्द गरेको थियो।

२०७२ को भूकम्पका कारण क्षतिग्रस्त तातोपानी नाका लामो समयपछि आंशिक रुपमा खुलेको थियो। तर अहिले चीनले रसुवागढी नाकासमेत बन्द गरेको छ। 

चीनले कोरोना नियन्त्रणका लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात् २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरिएको छ।

सभामुख सापकोटा २०७४ को संसदीय निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। चीनसँग जोडिएकामध्ये एक प्रमुख नाका तातोपानी उनकै गृहजिल्ला सिन्धुपाल्चोकमा पर्छ।

नेपालको प्रशंसा
शुक्रबारको भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको प्रशंसा गरिन्। 

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको उनले बताइन्। 

राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाएकी छन्। 

साउन २७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.