राजनीति


दिउँसो बस्ने नेकपा सचिवालय बैठकले सभामुख टुंगो लगाउने

दिउँसो बस्ने नेकपा सचिवालय बैठकले सभामुख टुंगो लगाउने

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ४:३,

नेकपा सचिवालय बैठक आज (सोमबार) दिउँसो एक बजे बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति निर्धारण र उपनिर्वाचनको समीक्षा हुने अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ।

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। बैठकले रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच जिम्मेवारी वाँडफाँटबारे सहमति भएको थियो। सचिवालय बैठक बस्नुअघि प्रचण्डले ओलीसहित नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेका छन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते पहिलोपटक सचिवालय बैठक बसेको थियो।

उक्त बैठकमा भने प्रधानमन्त्री ओली, बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएका थिएनन्। त्यसैले सो बैठकममा दिर्घकालिन महत्वका विषयमा प्रवेश नगरेको नेताहरूले बताएका छन्।

अपेन्डिसाइटिसको उपचारमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकाले प्रधानमन्त्री ओली सो सचिवालय बैठकमा अनुपस्थित थिए भने खनाल र पोखरेल त्यतिबेला उपत्यका बाहिर थिए।

सोमबारको बैठकमा भने सबैजना उपस्थित हुने नेकपाले जनाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखाको कार्यक्रम सकेर आइतबार साँझै काठमाडौं आइपुगेका छन्।

मंसिर १८ गते बसेको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ३७ वटै जिल्लालाइ उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन दिएको थियो।

नेकपाको एकवर्षदेखि स्थायी समितिको बैठक बसेको छैन। २०७५ मंसिर २९ गते बसेको स्थायी समिति बैठक त्यसयता अहिलेसम्म बसेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad