ad ad

राजनीति


चीन प्रस्थान गर्दै परराष्ट्रमन्त्री खड्का

चीन प्रस्थान गर्दै परराष्ट्रमन्त्री खड्का

नेपालखबर
साउन २४, २०७९ मंगलबार ७:५३, काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन्। 

परराष्ट्रमन्त्री खड्का ३ दिनका लागि आज राति चीन प्रस्थान गर्ने भएका हुन्। उनी राति १० बजे १० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका अनुसार हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने कार्यक्रम छ।  

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा जान लागेका हुन्। २०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो।

मन्त्री खड्काको भ्रमण टोलीमा परराष्ट्र, अर्थ, गृह, वाणिज्य र भौतिक योजना मन्त्रालयका कर्मचारी रहनेछन्। टोलीमा सरकारका तीन सचिव सहभागी हुनेछन्। परराष्ट्रसचिव भरतराज पौड्याल, वाणिज्यसचिव गणेश पाण्डे र भौतिक योजना मन्त्रालयका सचिव गोपाल सिग्देल रहनेछन्।

गृह सचिव टेकनारायण पाण्डे पनि भ्रमण टोलीमा थिए। तर सोमबार पाण्डेलाई कोरोना संक्रमण देखिएपछि टोलीमा सामेल नहुने भएका छन्। भ्रमण सकेर मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ। 

याे पनि : ​परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाँदै, बीआरआई अन्तर्गत कुनै सम्झौता नहुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .