ad ad

ग्लोबल


ट्रम्पको घरमा एफबीआईको छापा

ट्रम्पको घरमा एफबीआईको छापा

नेपालखबर
साउन २४, २०७९ मंगलबार ७:५१, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्डको घरमा अमेरिकी गुप्तचर निकाय एफबीआईले छापा मारेको छ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै एफबीआईले आफ्नो फ्लोरिडास्थित घरमा छापा मारेको बताएका हुन्।

ट्रम्पको सरकारी काजगात आफैंले राखेको विषयमा अनुसन्धानको क्रममा उनको घरमा छापा मारिएको हो। सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेको समयमा ट्रम्पको घरमा सुरक्षाकर्मीले छापा मारेका हुन्। 

सीएनएनका अनुसार सोमबार एफबीआईले आफ्नो घरमा छापा मार्दा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा थिए। ‘यो हाम्रो मुलुकको कालो दिन हो’, ट्रम्पले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

उनले आफ्नो घरमा पूर्व जानकारी विना नै छापा मार्नु आवश्यक नरहेको पनि दाबी गरेका छन्।

उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। ट्रम्पले अहिले अमेरिका अहिलेसम्मकै भ्रष्ट बनेको आरोपसमेत लगाएका छन्। 

एफबीआईले आफ्नो सेफ पनि फोडेको ट्रम्पले बताएका छन्। 

एफबीआईले पनि ट्रम्पको घरमा विना कुनै जानकारी छापा मारिएको पुष्टि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .