ad ad

राजनीति


आधुनिक फूल बगैंचाको भ्रमणपछि प्रचण्डले भने– जापानको प्रविधिबाट सिक्न चाहन्छौं, सहयोग गर्नुस्

आधुनिक फूल बगैंचाको भ्रमणपछि प्रचण्डले भने– जापानको प्रविधिबाट सिक्न चाहन्छौं, सहयोग गर्नुस्

नेपालखबर
साउन २३, २०७९ सोमबार १०:९, काठमाडौँ

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधुनिक फूल बगैँचाको भ्रमण गरेका छन्। 

गत २० साउनमा ५ दिने भ्रमणका लागि जापान गएका प्रचण्डले सोमबार (२३ साउन) कृषि व्यवसाय सहयोग अन्तर्गतको Kurousu Orchid Ltd. को भ्रमण गरेका हुन्। 

जहाँको भ्रमणका लागि प्रचण्डले नेपालदेखि नै इच्छा जाहेर गरेको उनको सचिवालयले बताएको छ। 

जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको उनको सचिवालयले जानकारी गराएको छ। 

भ्रमणको क्रममा प्रचण्डले नेपाल कृषिप्रधान मुलुक भएको र कृषिमा आधारित उद्योगहरुको प्रवद्र्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका थिए। 

‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौं,’ प्रचण्डले भने, ‘त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौं।’

उनले नेपालमा पनि उक्त प्रविधि पुर्याउनका लागि राजदूत र नेपाली प्रतिनिधिका अगुवाहरुलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .