राजनीति


निर्वाचनको मिति घोषणाअघि जब देउवाले ओलीलाई फोन गरे...

निर्वाचनको मिति घोषणाअघि जब देउवाले ओलीलाई फोन गरे...

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १२:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ‘छापामार शैली’मा निर्वाचनको मिति घोषणा गरेको आरोप लगाएको छ। बिहीबार मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुने घोषणा गरेपछि आफूहरुसँग छलफल नभएको भन्दै एमालेले आपत्ति जनाएको थियो। 

एमाले उपाध्यक्ष समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पनि महत्वपूर्ण विषयमा सरकारले छलफल नगरेको भन्दै दुःखेसो पोखेका थिए। 

तर, सरकारले भने प्रमुख प्रतिपक्षीसंग संवाद गर्ने प्रयास भएको बताएको छ। 

सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनको मिति घोषणाका लागि क्याबिनेट जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको बताएका छन्। 

कार्कीका अनुसार ओलीसँग फोन संवाद हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद बैठकमा गएका थिए। 

‘प्रधानमन्त्रीज्यूले क्याबिनेट सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल केपी ओलीलाई फोन गर्नका लागि कोसिस गर्नुभएको थियो,’ कार्कीले भने, ‘त्योबेलामा संवाद हुन सकेन। त्यो निर्वाचन हुने कुरा अपेक्षित कुरा हो।’

चुनावको मिति घोषणा निर्वाचन आयोगको परामर्शपछि भएको उनले दाबी गरे।

शुक्रबार बसेको सत्ता गठबन्धन बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ५ दलीय गठबन्धन गरि चुनावी तालमेल गरि अघि बढ्ने निर्णय गरेको छ। 

‘तालमेलको लागि फेरि बैठक बस्छ। यसलाई व्यवस्थित गर्ने विषयमा अझै छलफल जारी छ।’ कार्कीले भने।

आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई पनि सफलताको शुभकामना दिइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .