राजनीति


नयाँ पुस्तालाई राजनीतिमा आउन बिजुक्छेको आग्रह

नयाँ पुस्तालाई राजनीतिमा आउन बिजुक्छेको आग्रह

नेपालखबर
साउन १८, २०७९ बुधबार ९:३२, भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन्।

 देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए।

भक्तपुरमा मंगलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, 'नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ।'

उनले देश परिवर्तनका लागि निरन्तर संघर्षको आवश्यकता रहेको औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad