ad ad

राजनीति


जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थमन्त्रीको कार्यभार

जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थमन्त्रीको कार्यभार

नेपालखबर
साउन १५, २०७९ आइतबार १८:४३, काठमाडौँ

जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिस र प्रधानमन्त्री शेरबहादुर देउावसमेतको इच्छामा शर्मा फेरि अर्थमा फर्किएका हुन्। 

संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका उनले पुनः अर्थको जिम्मेवारी सम्हाल्दा अर्थसचिव मधुकुमार मरासिनी भने पोखरामा छन्। 

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। 

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो। 

१७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .