ad ad

राजनीति


सिंहदरबारमा जनार्दन शर्माको स्वागत हुँदै, अर्थसचिव मरासिनी पोखरामा

सिंहदरबारमा जनार्दन शर्माको स्वागत हुँदै, अर्थसचिव मरासिनी पोखरामा

शर्माको स्वागत तयारीमा जुटेका अर्थमन्त्रालयका कर्मचारी


नेपालखबर
साउन १५, २०७९ आइतबार १८:२६, काठमाडौँ

राजीनामा दिएको २५ दिनपछि फेरि नियुक्ति लिएका जनार्दन शर्मालाई अर्थमन्त्रालयमा स्वागत तयारी भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार अर्थमन्त्रीमा नियुक्त गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा शर्माको स्वागतका लागि कर्मचारी जुटिसकेका हुन्। 

शर्माले आइतवार साँझै राष्ट्रपतिको कार्यालयमा मन्त्री पदको शपथ लिएर पदभार ग्रहणका लागि अर्थमा पुग्नेछन्। 

शर्मा २५ दिनपछि अर्थमन्त्रालय फर्किँदै गर्दा अर्थसचिव मधु मरासिनी भने अनुपस्थित हुने छन्। 

उनी शनिबार नै पोखरा पुगेको बताइएको छ। उनी एक कार्यक्रममा सहभागी हुन पोखरा गएको बताइएको छ।

यसअघि शर्मा विवादमा पर्दा पनि मरासिनी स्वास्थ्यमा समस्या भन्दै दुई दिन बिदामा बसेका थिए।

तर असार २२ मा जनार्दनले राजीनामा दिएपछि एक दिन बिदा बाँकी हुँदै मरासिनी मन्त्रालय फर्किएका थिए।

शर्माले बजेट निर्माणका क्रममा गत जेठ १५ गते अनधिकृत व्यक्ति मन्त्रालयका छिराएको आरोप लागेको थियो। 

तर सचिव मरासिनीसहितले अनधिकृत व्यक्ति प्रवेश नगरेको र करका दर पनि व्यापारिक समूहको स्वार्थमा हेरफेर नभएकोभन्दै शर्माको बचाउ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .