राजनीति


सांसद साहको माग : प्रतिनिधिसभामा संघीयता विरोधीलाई बोल्न नदिऊँ

सांसद साहको माग : प्रतिनिधिसभामा संघीयता विरोधीलाई बोल्न नदिऊँ

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १४:५१, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन्। 

शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद साहले यसो भनेका हुन्। 

उनले प्रतिनिधि सभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताविरुद्ध बोल्ने गरेको भन्दै खेद प्रकट गरे। 

साहले आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने बताउनु भयो । सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरुले संघीयता बिरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्ति रोक्न सभामुखले रुलिङ गर्नुपर्ने बताए। 

‘अहिले पनि एमाले नेतृत्वले संघीयता विरोधी आवाज यो हाउसमा बुलन्द गरिरहेको छ। संघीयता विरोधी आवाज उठ्ने चेष्टा गर्‍यो भने पीडित जनता, पीडित जनजाति, मधेशी लगायतले आफ्ना अधिकार प्राप्तिको निम्ति लडेको यो अधिकार कुनै हालतमा यो पछाडि पर्दैन', उनले भने, 'एमालेका केही सांसदले विगतदेखि संघीयता विरोधी र धर्मनिरपेक्षता विरोधी अभिव्यक्तिहरु दिइरहेको अवस्था छ। यस्तो आवाज संसदमा उठ्दा सभामुखले रुलिङ गरेर कुण्ठित गर्ने तिर लानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .