राजनीति


गजेन्द्र महत भन्छन् : मैले एम अधिकारी भेट्टाएँ, राष्ट्र बैंकका गभर्नर रहेछन्

गजेन्द्र महत भन्छन् : मैले एम अधिकारी भेट्टाएँ, राष्ट्र बैंकका गभर्नर रहेछन्

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १४:४१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताएका छन्। 

उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको बताउँदै त्यो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गरे। 

उनले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गरेका छन्। 

‘संसदमा आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुप्‍यो। एम अधिकारीका थरका मान्छेले नखोजे पनि, त्यो पार्टीका मान्छेले नखोजे पनि, यो सदनले नखोजे पनि एउटा सांसदको नाताले त मैले खोज्नैपर्‍यो भनेर म खोज्न रात, दिन लागेँ। मैले प्रमाण पनि भेट्टाएँ। एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ। सबै हेरेँ। अन्तिममा मैले के भेट्टाए भने एम भनेको मनि रैछ। एमबाट मनि, मनि भनेको पैसा। ढुकुटी, रुपैयाँ। अधिकारी भनेको अधिकार भएको मान्छे। पैसाको अधिकार भएको मान्छे। ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले', उनले भने, 'को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन्। गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ। त्यसैले समिति त बनेन तर म आफैँ एक्लै, म त्यो थरको मान्छे पनि होइन। तर पनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुखसमक्ष बुझाएको छु। त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडि बुझाएको छु। उहाँमाथि कारबाही होस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad