राजनीति


अमेरिकामा रिपब्लिकन तथा डेमोक्रयाटिक पार्टीलाई चुनौति दिन तेस्रो दल खोलिँदै

अमेरिकामा रिपब्लिकन तथा डेमोक्रयाटिक पार्टीलाई चुनौति दिन तेस्रो दल खोलिँदै

नेपालखबर
साउन १२, २०७९ बिहिबार १५:५६, काठमाडौँ

अमेरिकाका रिपब्लिकन तथा डेमोक्रयाटिक पार्टीका दर्जनौं पूर्व नेताहरुले एक नयाँ राजनीतिक पार्टी स्थापना गर्ने भएका छन्। 

रिपब्लिकन तथा डेमोक्रयाटिक पार्टीप्रति असन्तुष्ट बनेका नेताले तेस्रो पार्टी खोलेका हुन्।

अहिलेको द्विदलीय प्रणालीले काम गर्न नसकेकाले विकल्पमा नयाँ पार्टी खोल्नुपरेको ती नेताको भनाई छ।

उक्त नयाँ दलको नाम ‘फरवार्ड’ राखिएको रोयटर्सले समाचारमा जनाएको छ। आगामी सेप्टेम्बर २४ मा हाउस्टनमा उक्त पार्टीको औपचारिक घोषणा हुने भएको छ।

आगामी वर्षको हिउँदमा राष्ट्रिय महाधिवेशन गर्ने पार्टीको तयारी छ। 

नयाँ पार्टीमा दुई जनाले नेतृत्व गर्ने भएका छन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका पूर्व उम्मेदवार एन्ड्रिउ याङ र रिपब्लिकन पार्टीको न्यू जर्सि राज्यका पूर्वगभर्नर क्रिस्टिन टोड ह्विटम्यानले पार्टीको सहअध्यक्षता गर्ने भएका हुन्।

पार्टीले अमेरिकाको मूलधारको राजनीतिमा बर्चस्व कायम गर्ने लक्ष्य लिएको छ। 

नयाँ पार्टीले यस वर्षको अन्त्यमा अमेरिकाका विभिन्न शहरमा समर्थन अभियान सञ्चालन गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad