ad ad

राजनीति


चुनावमा झुटो आश्वासन बाँड्नु गलतः बिजुक्छे

चुनावमा झुटो आश्वासन बाँड्नु गलतः बिजुक्छे

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १५:५,

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको बताए।

‘जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो’, बिजुक्छेले भने। लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिए।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज अनुसन्धान केन्द्रका रुपमा विकास गरी कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउन प्राध्यापकलाई उत्साहित गर्दै आइरहेको बताए।

भक्तपुर नगरवासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इन्जिनियरिङ कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेको उनले बताए।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवापुस्तालाई देश र विश्वको मानचित्र बुझ्ने ढंगले शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको औँल्याए। भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल, इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा सहायक डिन प्रा डा ज्ञानबहादुर थापा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाललगायतले स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इन्जिनियरिङ कलेजले सस्तोमा इञ्जिनीयरिङ शिक्षा प्रदान गर्दै आएको बताए।

वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेशनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयको सम्मेलन गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .