राजनीति


आफ्ना जनप्रतिनिधिका लागि आचारसंहिता लागु गर्दै कांग्रेस

आफ्ना जनप्रतिनिधिका लागि आचारसंहिता लागु गर्दै कांग्रेस

नेपालखबर
साउन २, २०७९ सोमबार १८:४९, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गर्ने भएको छ।

एक सातासम्म सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता जारी गरेर लागू गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताए।

‘स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी लागू गर्ने गर्ने लागू गर्ने निर्णय भएको छ', उनले भने, 'जसरी हामीले स्थानीय तह निर्वाचनमा 'घरघर जाऔँ, कांग्रेस जिताऔं' संचालन गर्‍यौँ। त्यस्तै खाले अभियान त्यसको पूर्ण खाका पछि कार्यालयले प्रस्तुत गर्नेछ।'

कांग्रेस नेतृत्वमा रहेको सरकारले स्थानीय तह निर्वाचन व्यवस्थिति र निष्पक्ष रुपमा एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद पनि दिएको छ। 

बैठकले निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवम् सम्पूर्ण सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत सबैको मेहनत र दक्षताको उच्च प्रशंशा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad