ad ad

राजनीति


गगनलाई कांग्रेसमा अर्को जिम्मेवारी, पार्टी सदस्यता व्यवस्थापनको नेतृत्व गर्ने

गगनलाई कांग्रेसमा अर्को जिम्मेवारी, पार्टी सदस्यता व्यवस्थापनको नेतृत्व गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन २, २०७९ सोमबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति बनाएको छ।

एक साता लामो बैठकका विभिन्न १२ वटा निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यसबारेमा जानकारी दिएका हुन्।

महतका अनुसार केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेका लेखा समिति पनि गठन गरेको छ। 

ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताए। 

‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४९ (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाबाट तोकिएका महामन्त्री गगनकुमार थापा संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रिय समिति गठन गरिएको छ', महतले भने, 'केन्द्रीय समिति सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनेको छ।'

उनले सभापति शेरबहादुर देउवाद्वारा प्रस्ताव गरिएका पार्टी केन्द्रीय कार्य समिति सदस्य श्यामकुमार घिमिरे संयोजक रहेको केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको बताए। सभापतिले आवश्यक परामर्श गरी ती समितिहरुलाई पूर्णता दिने भएका छन्। 

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .