राजनीति


‘मेरो मनमा देशबाहेक केही छैन, गठबन्धन आफ्नो भूमिमा दाबी गर्न सक्दैन’

‘मेरो मनमा देशबाहेक केही छैन, गठबन्धन आफ्नो भूमिमा दाबी गर्न सक्दैन’

नेपालखबर
असार ३२, २०७९ शनिबार १८:३६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि निर्वाचनमा एमालेले विदेशबाट पैसा नल्याएको दाबी गरेका छन्। 

‘एमाले पार्टीले विदेशबाट पैसा ल्याएर चुनाव लडेको छैन्,’ ओलीले भने, ‘अस्तिको निर्वाचनमा जहाँ जहाँ पैसाको खेलो बग्यो कहाँबाट आयो होला अनुमान लगाऊँ त।’

एमसिसी सम्झौता हुँदा पनि अहिलेकै गठबन्धनको सरकार रहेको ओलीले दाबी गरे। राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’को छलफलमा भाग लिँदै उनले यसो भनेका हुन्। 

‘एमसीसी सम्झौता हुँदा अहिलेकै गठबन्धन थियो। एमसीसी सम्झौता मैले पार्लियामेन्टमा ल्याउँदा सत्ता गठबन्धनलाई टाउको दुख्यो,’ ओलीले भने, ‘पार्लियामेन्टमा ल्याउनुपर्छ, हरेक कुरा जनताको जानकारीमा हुनुपर्छ, हामी अनुदान ल्याऊँ कि जेसुकै ल्याऊँ जनताले थाहा हुनुपर्छ।’

आफूसँग अहिले पनि बहुमत नभएको भन्दै के गरुँ? भनेर ओलीले प्रश्न गरे। 

‘मसँग बहुमत छैन, अहिले पनि तपाईंहरुको गठबन्धन छ म के गरुँ त? राष्ट्रिय आवश्यक्ता एकातिर हुन्छ संसदीय गणित अर्कोतिर हुन्छ,’ ओलीले भने, ‘विपरीत भएको संसदीय गणितले डरलाग्दा कामहरु गरिदिन्छ।’

अहिलेको गठबन्धन सत्ता र स्वार्थका लागि भएको ओलीको दाबी छ। ‘यो गठबन्धन सत्ता र स्वार्थका लागि हो,’ ओलीले भने, ‘एउटा काम देश र जनताको पक्षमा गरेको एउटा काम भनिदिनुस् म माइक दिन्छु।’

ओलीले आफ्नो मनमा देश बाहेक केही नभएको दाबी गरेका छन्। 

‘मेरो मनमा देशबाहेक, नेपालबाहेक नेपालको स्वाधिनता र स्वाभिमान बाहेक, नेपाली जनताको उन्नति-प्रगति बाहेक अरु केही छैन,’ ओलीले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसविरुद्ध एकजुट हुन्छ।’

चुच्चे नक्सा छापेपछि साँठगाँठ हुने थाहा पाएर पनि गरेको ओलीले बताए। ‘अपवित्र साँठगाँठ हुन्छ भन्ने मलाई थाहा थियो, थाहा पाएर पनि मैले गरेको हो,’ उनले भने। 

उनले नेपालको डिप्लोमेसी घुँडा टेकेर सत्ता जोगाउने खालको नभएको बताए। 

‘हामी चीन वा भारतको भूमि हाम्रो हो भन्न सक्छौं र? त्यो हाम्रो क्षमता नै छैन,’ ओलीले अघि भने, ‘तर हाम्रो चाहिँ मेरो हो भनेर भन्नु पर्यो नि। हाम्रो जसले नियन्त्रणमा लिएको छ उसले फिर्ता लिनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad