नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू ०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको बताएका छन्।
राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘चीनतिरबाट नाका खोलेवापत मैले पहिलोपटक प्रधानमन्त्रीबाट हट्न परेको होइन र?,’ ओलीले प्रश्न गर्दै भने, ‘चीनबाट फर्केलगत्तै हटाउन क्याम्पियन चलेको होइन र?’
०२६ सालमा चेकपोस्ट हटाएवापत कृतिनीधि विष्टले सरकार छाड्नपरेको उनले सुनाए।
‘१७ वटा चेकपोस्ट हटाएवापत ०२६ सालमा कृतिनिधिले छाड्नुपरेको थियो,’ ओलीले भने, ‘उत्तरतिरबाट बाटो खोलेवापद मैले ०७३ सालमा छाड्नुपरेको थियो।’
उनले शनिबार आयोजना भएको सर्वदलीय बहस सकारात्मक भएको बताए।
48
Shares

प्रतिक्रिया