ad ad

राजनीति


किशोरसिंह राठौर र गोपाल दहितबीच बैठकमै घोचपेच, देउवाको हस्तक्षेप

किशोरसिंह राठौर र गोपाल दहितबीच बैठकमै घोचपेच, देउवाको हस्तक्षेप

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०७९ शनिबार १८:२२, काठमाडौँ

नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य गोपाल दहितबीच केन्द्रीय कार्य समिति बैठकमै घोचपेच भएको छ। 

केन्द्रीय सदस्य दहितले अघिल्लो बैठकमा सह-महामन्त्री राठौरलाई स्थानीय निर्वाचनमा वडा पनि जिताउन नसकेको भनेर आलोचना गरेका थिए। 

आफ्नो वडामा कांग्रेसलाई जिताउन सफल हुँदा सह-महामन्त्री राठौरले जिताउन नसकेको भन्दै दहितले व्यंग्य गरेका थिए। यी दुवैजना नेताको गृहजिल्ला बर्दिया हो।

शनिवारको बैठकमा बोल्दै राठौरले दहितलाई जवाफ फर्काए। '१० वटा पार्टी चाहर्दै आएको मान्छेले मेरो डिग्निटीमाथि प्रश्न उठाउने?', उनले दहितप्रति आक्रोशित हुँदै व्यक्त गरेको कुरा एक नेताले सुनाए, 'मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन। पार्टी फेर्दै हिँड्नेले मेरोबारे प्रश्न उठाउने?'

राठौर कडा रुपमा प्रस्तुत भएपछि सभापति शेरबहादुर देउवाले उनलाई सम्झाएका थिए। 'तपाईं त पदाधिकारी हो, पदाधिकारीले केन्द्रीय सदस्यबाट आएका कुराहरुलाई सहज रुपमा लिनुपर्छ', देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .