ad ad

राजनीति


भारत पुगेर प्रचण्डको आग्रह : नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नुस्

भारत पुगेर प्रचण्डको आग्रह : नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नुस्

नयाँ दिल्लीमा प्रचण्ड। तस्बिर : इन्द्रकमल जैरू


नेपालखबर
असार ३२, २०७९ शनिबार १६:२१, काठमाडौँ

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्द्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन्। 

तीन दिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज 'फाउन्डेसन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी' (एफपीएपी) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।  

जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए।

ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उनले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने दाहालले बताए ।

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले त्यही आधारमा दीर्घकालीन रुपमा जलविद्युत् विकास गरिने बताए।

नयाँ प्रसारण लाइनमार्फत अन्तरदेशीय प्रशारण लाइनको सबलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उनले बताए। 

'नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ', पूर्वप्रधानमन्त्री दाहालले भने, 'नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बीबीआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रशस्त भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .