राजनीति


कारागारका बन्दीलाई पुनर्निर्माणमा लगाउन प्रस्ताव

कारागारका बन्दीलाई पुनर्निर्माणमा लगाउन प्रस्ताव

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १३:१६,

कारागारमा रहेका कैदीबन्दीहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव संसदको राज्य व्यवस्था समितिले दिएको छ।

बिहीबार संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा समिति सभापति शशी श्रेष्ठले कारागारमा रहेका युवाशक्तिहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव दिएकी हुन्। अबको पुनर्निर्माण अरु देशसँग तुलना गर्नुभन्दा पनि हामी आफै अरुका लागि रोल मोडल बन्नुपर्ने उनले बताइन्। ‘अबको काम अरु देशको उदाहरण दिँदै गर्ने होइन्। अरु देशले हाम्रो देशलाई रोल मोडलको रुपमा लिने गरि गर्नुपर्छ’, उनले भनिन्।

सभापति श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिइन्। समिति बैठकमा एकीकृतबस्ती निर्माणका विषयमा सांसदहरुले चासो राखेका थिए। सांसद दिलेन्द्र प्रसाद बडुले एकीकृत बस्ती निर्माणमा स्थानीयको रुचीलाई मध्यनजर गर्दै निर्माणमा ध्यान दिनुपर्ने बताए।

सांसद नवराज सिलावालले पुर्ननिर्माणको अवशरलाई सदुपयोग गरेर एकीकृतबस्ती निर्माण गर्न नसकिएको बताए। ‘तयारी नपुगेरै होला एकीकृत बस्ती निर्माणको अवधारणा हामीले मिस गर्यौं। अझै बाँकी रहेको ठाउँमा लागु गर्न सकिने अवस्था भएमा त्यतातिर ध्यान दिनुपर्छ’, उनले भने।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले धरहराको पुर्ननिर्माण समयमै सकिनेमा आशंका व्यक्त गरे। ठेकेदारसँग गरेको समझदारी के छ? अहिले जुन अवस्थामा काम भइरहेको छ, यसले १० वर्षमा पनि बन्दैन्’, उनले भने, ‘२ हप्तामा एक तल्ला बन्ने भनेको के हो त्यो। नचाहिने कुरा नगर्नुहोस्।’

सांसदहरुका जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले एकीकृत बस्ती निर्माणका लागि आफुहरुले चाहेर मात्रै नहुने बताएका छन्। यो विषय जनताको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनसँग प्रत्यक्ष जोडिएकाले उनीहरुको सहभागिता र आग्रहबिना सम्भव नभएको बताए।

‘प्राधिकरणले प्रस्तुत गरेको तथ्याङ्क र धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं। धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं। ’बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .