राजनीति


कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको तर्क : देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ

कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको तर्क : देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०७९ बिहिबार १५:३८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलबीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन्। 

खड्काले गठबन्धन राजनीतिक दलबीचमा मात्रै नभई अन्तरराष्ट्रियस्तरमा पनि हुने तर्क गरेका छन्। 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशबीच पनि गठबन्धन हुने गरेको उल्लेख गरे।

देशभित्रै विचार नमिभल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको उनको तर्क थियो। 

पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो तर्क गरेका हुन्। 

‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन’, उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ। गठबन्धन गर्दा पार्टीलाई पनि घाटा छैन। स्थानीय निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ।’

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति बलियो भएको जिकिर गरेका छन्। 

खड्काले अमेरिकी सहायता सम्झौता (एमसीसी) पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै सैन्य साझेदारी एसपीसीलाई अघि नबढाउने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad