नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले बिहीबार अख्तियारमा गभर्नर अधिकारीविरुद्ध उजुरी हालेको हो।
वाईसीएलका संयोजक सुमन देवकोटाले दर्ता गराएको उजुरीमा ‘गभर्नर अधिकारीलाई भ्रष्टाचार कसुरमा कारबाही गरिपाऊँ’ भनि उजुरीमा उल्लेख गरिएको छ।
स्वार्थ बाझिने र राज्यलाई गम्भीर हानि नोक्सानी हुने खतरा देखिएका कारण आवश्यक छानबिन गर्न अख्तियारमा उजुरी परेको हो।




प्रतिक्रिया