नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केही नेताहरुले आफूलाई जिस्क्याउने र पेल्ने काम गरेको गुनासो गरेका छन्।
दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका कुराहरूको जवाफका क्रममा देउवाले होटल होटलमा गुट भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद सञ्जयकुमार गौतमले गठबन्धन गर्दा पार्टीले हार्ने भयो भनेपछि देउवा आक्रोशित भएका थिए।
उनले आफूलाई बारम्बार जिस्क्याउने हो भने पार्टी विधान संशोधन गरेर भए पनि तेस्रो कार्यकाल सभापति भइदिने चेतावनी पनि देउवाले नेताहरुलाई दिएका छन्।
'मलाई नजिस्क्याउनुस्, विधान संशोधन गरेर भए पनि तेस्रो पल्ट सभापति हुन सक्छु', देउवाको भनाइ उद्धृत गर्दै एकजना नेताले भने, 'होटल होटलमा गएर बैठक नगर्नु, अब मलाई पार्टी सभापति हुने रहर छैन। जिस्काउनुहुन्छ भने म संशोधन गरेर भए पनि सभापति हुन्छु। मलाई अब नपेल्नुस् म फेरि सभापति हुने दौडमा छैन।'
गौतमलाई जवाफ दिँदै देउवाले बर्दियामा कांग्रेसले लगातार हारिरहेको बताउँदै गठबन्धनका कारण जित्न सजिलो हुने तर्क पनि गरेका थिए।
Shares

प्रतिक्रिया