राजनीति


गभर्नर अधिकारीविरुद्ध माओवादीका भातृ संगठन आन्दाेलित

गभर्नर अधिकारीविरुद्ध माओवादीका भातृ संगठन आन्दाेलित

नेपालखबर
असार २९, २०७९ बुधबार १५:७, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठनहरु वाईसीएल र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। 

अधिकारीको बर्खास्तगीको माग राख्दै माओवादी भातृ संगठनले बुधवार काठमाडौमा प्रदर्शन गर्ने तयारी गरेका छन्। 

प्रदर्शन अपरान्ह ४ बजे माइतीघरबाट संयुक्त रुपमा शुरु हुने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको भन्दै गभर्नर अधिकारी विरुद्ध समाजिक सञ्जालमा आलोचना भइरहेको छ।

गर्भनर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो।

यसअघि अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै उनको राजीनामा माग गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad