ad ad

राजनीति


एमालेको आरोप : अर्थमन्त्रीको अक्षमता लुकाउन माओवादीले गभर्नरको कुरा उछाल्यो

एमालेको आरोप : अर्थमन्त्रीको अक्षमता लुकाउन माओवादीले गभर्नरको कुरा उछाल्यो

नेपालखबर
असार २९, २०७९ बुधबार १२:१, काठमाडौँ

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल राजीनामा दिइसकेका अर्थमन्त्री जनार्दन शर्माको असक्षमता ढाकछोप गर्न माओवादीले गभर्नरको मुद्दा उछालेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले जनार्दन शर्माको अपराध लुकाउन एम अधिकारीको कुरा उठाएको बताएका हुन्। 

'एम अधिकारी राष्ट्र बैंकको गभर्नर हो भनेर माओवादीले अर्थमन्त्रीको असक्षमता लुकाउन खोज्यो', उनले भने, 'गभर्नर महाप्रसाद अधिकारीले म कुनै पार्टीमा छैन भनिसकेपछि यसमा विवाद गर्नुको अर्थै छैन।'

उनले अवैध अर्बौं रुपैयाँ लुकाउन गरिएको आग्रह नमान्दा गभर्नर अधिकारीलाई निलम्बन गरिएको पनि आरोप लगाएका छन्।

'अर्बौं अवैध रुपमा खुलाउन नमान्दा गभर्नरलाई निलम्बन गरियो', उनले भने, 'माफियाहरूलाई कर छुट दिन नसक्दा गभर्नरलाई निलम्बन गराउनेले अहिले मुद्दा विषयान्तर गराउन खोजे, अर्थमन्त्रीको अपराध ढाकछोप गर्न खोजे।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .