राजनीति


यस्तो छ कांग्रेसले तयार गरेको नेताहरुको मर्यादाक्रम (विवरणसहित)

यस्तो छ कांग्रेसले तयार गरेको नेताहरुको मर्यादाक्रम (विवरणसहित)

फाइल तस्बिर


नेपालखबर
असार २८, २०७९ मंगलबार १५:१४, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको मर्यादाक्रम तय गरेको छ।

सोमबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा उक्त मर्यादाक्रमसम्बन्धी विवरण पेश गरिएको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा मर्यादाक्रम निर्धारणको निम्ति प्रस्तुत मस्यौदा पेश भएको जानकारी दिए। 

जसअनुसार मर्यादाक्रमको पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारीलाई राखिएको छ।

त्यसैगरी सातौँमा संसदीय दलका पूर्वनेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेतालाई राखिएको छ। 

त्यसैगरी मर्यादाक्रमको अन्तिम अर्थात १२० औँ नम्बरमा कृयाशील सदस्य र १२१ औँ नम्बरमा नेपाली कांग्रेसका सदस्यहरुलाई राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad