राजनीति


ओलीसँग भेटवार्ता गर्न चिनियाँ कम्युनिष्ट नेता बालकोटमा

ओलीसँग भेटवार्ता गर्न चिनियाँ कम्युनिष्ट नेता बालकोटमा

चिनियाँ नेता र एमाले अध्यक्ष केपी ओली बालकोटमा भेटवार्ता गर्दै। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २८, २०७९ मंगलबार ११:२, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन्। 

लिउसहितका चिनियाँ नेताहरुको प्रतिनिधिमण्डल ओलीसँग वार्ताका लागि मंगलबार बिहान बजे बालकोट पुगेका हुन्। 

चिनियाँ नेताहरुसँग वार्ताका लागि ओलीसँगै एमाले नेताहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु  रिमाल सहभागी छन्। त्यस्तै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी छन्। 

उक्त वार्तामा उषाकिरण भण्डारी, अञ्जान शाक्य र कृसा केसी पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ। 

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। 

त्यसअघि चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकनमा गएको थियो। त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी भएको थियो।

जियान्चाओले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए। 

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र त्यही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad