सत्ताको नेतृत्वन गरिरहेको नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी विवादित विधेयक तत्कालै फिर्ता हुन नसक्ने जनाउ दिएकोछ।
सोमबारदेखि सुरु केन्द्रीय समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
'उपसभामुख नहुँदा संवैधानिक परिषदमा प्राविधिक समस्या देखिएको छ। संवैधानिक परिषद्मा देखिएको प्राविधिक समस्या उपसभामुख आए हल हुन्छ', उनले भने, 'हामी उपसभामुखको पनि टुंगो लगाउने कोसिसमा छौँ। उपसभामुख आएपछि समस्या समाधान हुन्छ।'
उनले उपसभामुखको निर्वाचन पनि नहुने र संवैधानिक परिषद्को बैठक पनि नहुने कुरा धेरै चल्न नसक्ने पनि बताए।
'उपसभामुखको निर्वाचन पनि नहुने अनि संवैधानिक परिषद्को बैठक पनि नहुने भन्ने हुन्छ र?', उनले सोधे, 'त्यसकारण आवश्यताअनुसार जहाँ समस्या छ , त्यो सुधार हुन सक्ला। हामी समाधान पनि खोज्छौँ।'
Shares

प्रतिक्रिया