राजनीति


डेढ घण्टा ढिलो सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

डेढ घण्टा ढिलो सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

नेपालखबर
असार २७, २०७९ सोमबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक डेढ घण्टा ढिलो गरेर पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक साढे २ बजे मात्रै सुरु भएको हो। यद्यपि बैठकमा सहभागी हु्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समयमै पुगेका थिए।

बैठकअघि सानेपामै कांग्रेसको डा. शेखर कोइराला समूहले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदर्शन गरेका थिए। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन्। 

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिएका छन्। 

सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad